मुख्यमन्त्रीहरूलाई निर्देशन दिने यस्तो छ प्रधानमन्त्रीको तयारी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मुख्यमन्त्रीहरूलाई निर्देशन दिने यस्तो छ प्रधानमन्त्रीको तयारी



पत्रपत्रिका/नयाँ पत्रिका-

प्रधानमन्त्री ओलीले सरकार विस्तारलगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने तयारी गरेका छन् ।

कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् । प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बोलाउने तयारी गरेका छन् ।

कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातै मुख्यमन्त्रीसँग छलफलका लागि बैठक बोलाउने गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् ।

प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए । ‘केन्द्र सरकार र प्रदेश सरकारका काममा एकरूपता ल्याउन, आवश्यक कानुन निर्माणलाई तीव्रता दिन समन्वयका लागि प्रधानमन्त्रीज्यूले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बोलाउने तयारी गनुभएको छ,’ प्रदेश १ का मुख्यमन्त्री राईले भने, ‘सम्भवत एक साताभित्रै बैठक बोलाउनुहुनेछ ।’