सडक बालबालिकाका सवालमा स्थानीय सरकारनै गम्भिर बन्नुपर्छ
झविन्द्र देवकोटा/बुटवल । सडक बालबालिकाको संरक्षण, ब्यवस्थापन र पुनसर््थापनाका विषयमा स्थानीय तहको भूमिका महत्वपुर्ण हुनु पर्ने सरोकारवालाले बताएका छन् ।
नयाँ संरचना अनुसार स्थानीय तहनै स्थानीय सरकारका रुपमा रहेकाले सडकमा दिनचर्या विताउन बाध्य बनेका सडक बालबालिकाको पुनसर््थापना र ब्यवस्थापनका विषयमा स्थानीय तह गम्भिर बन्नु पर्ने उनीहरुले बताएका हुन् । सडक बालबालिकाको पुनरस्थापना र ब्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको सृजनशिल संस्था नेपाल बुटवलले बिहीबार गरेको बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेको सम्मान तथा विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले सडक बालबालिकाको संरक्षण विकास र ब्यवस्थापनको विषय चुनौतिपुर्ण बन्दै गएको बताएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले छाडा चौपाया, सडक तथा फुटपाट ब्यवस्थापनलाई महत्व दिने स्थानीय सरकारले अव सडक बालबालिकाका विषयमा गम्भिर भएर सोच्ने बेला आएको बताउनुभयो । वेवारिसे अवस्थामा सडकमा दिनचर्या विताउदै आएका सडक बालबालिकाको ब्यवस्थापन र पुनसर््थापनाका विषयमा सृजनशिल संस्थाले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाको नेतृत्व तहले यस तर्फ पनि बढी ध्यान केन्द्रित गर्नु पर्ने सुझाव दिनुभयो । संस्था ब्यवस्थापन समितिका अध्यक्ष मिना कण्डेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका आजिवन सदस्य नन्दकिशोर ढकाल, कार्यक्रम संयोजक कल्पना ढकाल लगायतले सडक बालबालिकाको सवालमा सबै पक्ष गम्भिर हुनु पर्ने बताउनुभयो ।
विगत एक वर्षदेखि सडक बालबालिकाको ब्यवस्थापन र पुनसर््थापनाको क्षेत्रमा काम गर्दै आएको सृजनशिल संस्थाले यो अवधिमा ५२ सडक बालबालिकालाई उद्दार गरेको महासचिव विजु पौडेलले जानकारी दिनुभयो ।
सोही अवसरमा स्वय्मसेवी भावनाले सडक बालबालिकालाई अध्यापन गराउदै आएकी बन्दना खनाललाई पनि सम्मान गरिएको थियो ।