होटेल प्लाटिनममा व्यवस्थापक पक्षको दादागिरी - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

होटेल प्लाटिनममा व्यवस्थापक पक्षको दादागिरी



बुटवल । काठमाण्डौंको सोल्टीमोडमा रहेको होटेल प्लाटिनममा व्यवस्थापक पक्षको दादागिरीका कारण कर्मचारी पीडित भएका छन् ।

काम गर्दै आएका कर्मचारीलाई होटेल संञ्चालक प्रकाश डुगरले तथानाम गाली गर्ने, अपशव्द प्रयोग गर्ने जस्ता गतिविधिका विरुद्ध होटेलमा कार्यरत कर्मचारी आन्दोलीत भएका छन् । आक्रोशित कर्मचारीले हिजोदेखि सुरु गरेको आन्दोलन आज पनि जारी छ ।

होटेल संञ्चालकले मदिरा पिएर सारा नेपाली चोर हुन् भन्दै नेपालका प्रधानमन्त्री केपी ओलीलाई समेत अपशव्द प्रयोग गर्ने गरेको होटेलमा कार्यरत एक कर्मचारीले बताए । भारतीय सहयोगमा नुन देखि सुन सम्म भरपर्न पर्ने नेपालीहरूले विनाअर्थ ठुलो हुन नहुने भन्दै नेपालीहरको स्वाभिमान गिराउने काम गर्दै आएको समेत होटेलमा कार्यरत कर्मचारीको गुनासो छ ।

यसरी नेपालीलाई बदनाम गर्ने होटेल संञ्चालकलाई यथासक्य चाँडो कानुनी दायरामा ल्याउन पर्ने कर्मचारीको माग छ ।