हिमानी र ओली एउटै फ्लाइटमा: कुरो के हो ? - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

हिमानी र ओली एउटै फ्लाइटमा: कुरो के हो ?



काठमाडौं ।

राजसंस्थालाई कुनै न कुनै स्पेश दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका समाचार सार्वजनिक भइरहँदा अफवाह भनेर हिंड्ने एमालेका केही नेतालाई झुठ बोल्न जे कुराले पनि रोक्दैन ।

कतै राजावादीहरुसंग भेट भयो भने कुनै पनि प्लान हैन संयोगमात्र हो भन्दै आइरहेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाह बैंकक जानु (पुस २१ मै) अनि केपी ओली पनि बैंकक जानु (पुस २६) र फर्कनु एकैपटक यो पनि संयोग नै हो ।

बैंककमा भएका भेट पनि संयोग नै थिए ।

बिहिबार मध्यान्ह १२ बजे थाइ एयरवेजको एकै फ्लाइटमा दुवै जना आउँदै छन् ।

यो पनि संयोग नै हो भनेर भन्दा फरक पर्दैन ।

तर ओलीले राजसंस्थालाई कहीं न कहींबाट सम्वोधन गर्ने बताउनु र पछिल्ला संयोगकारी भेटहरु पनि उस्तै हुन् कि फरक हुन् ?

ओली उपचारका लागि र पूर्व युवराज्ञी हिमानी छोरी पूर्णिकालाई स्कुल पुर्याउन बैंकक गएकी हुन् ।

जानकारहरु भन्छन एमाले अध्यक्ष ओलीलाई सुझाव दिनेहरुले पुरानो राजसंस्थालाई फेरि ुकनै न कुनै रुपमा स्पेस दिन सकिने बारेमा मनाउन खोजिरहेका छन्।

विगतमा तत्कालिन काँग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मार्फत ल्याउन खोजिएको वेवी किङको प्रस्ताव त्यतिकै सेलाएपछि कहि न कहि आलंकारिक राजसंस्था स्विकार्ने अवस्था बन्छकी भन्नेमा एमालेलाई मनाउन खोजिएको बुझिएको छ।

कम्युनिष्ट शासन भएपनि राजसंस्था अटाएको कम्वोडियाको उदाहरण देखाउँदै त्यस्तै स्वरुपमा राजसंस्थालाई ठाउँ बनाउन ओलीलाई मनाउन प्रयास भएको बुझिएको छ। यसमा ओलीले पनि माहौल बन्दै जाँदा आफू वाधक नवन्ने संकेत गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्रको छिमेकी मुलुकको भ्रमण र पश्चिम नेपालको भ्रमणलाई यहि माहौल बनाउने यात्राको रुपमा अर्थ्याइएको छ।