छत्रदेव गाउँपालीकाको मथुराडाँडामा एग्रोफरेष्ट्रि पोलीटेक्निक इन्स्टिट्यूट सञ्चालनमा - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

छत्रदेव गाउँपालीकाको मथुराडाँडामा एग्रोफरेष्ट्रि पोलीटेक्निक इन्स्टिट्यूट सञ्चालनमा



समीर प्रकाश पाण्डे

आधुनिक समयमा प्राविधिक शिक्षा तर्फ सबैको आकर्षण बढ्दो छ। समय सुहाउँदो प्राविधिक शिक्षा पाउन विध्यार्थिहरू समेत लालायीत छन्।अझ नेपाल जस्तो अल्पविकशित मुलुकमा यस्तो किसिमको शिक्षा उझ बढी महत्त्वपूर्ण छ।यसै क्रममा नेपालको विभिन्न स्थानमा अनेक विश्वविध्यालय तथा इन्शिच्यूटको संवन्धनमा प्राविधिक शिक्षालयहरू खोल्ने क्रम बढ्दो छ।

हालैमात्र अर्घाखाँची जिल्लाबाट समेत कृषि तथा वन विज्ञान विषयमा पठनपाठन सुरु भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालीका वडा नं ४ स्थित मथुराडाँडामा सिटिईभिटीको संवन्धनमा एग्रोफरेष्ट्रि पोलीटेक्निक इन्श्टिच्यूट नामक शिक्षालय सञ्चालनमा आएको छ। २०७४ कार्तिक देखी नियमित कक्षा सञ्चालन भएको उक्त शिक्षालयमा ४० जना विध्यार्थिहरू अध्ययनरत छन्।

नेपाल सरकार शिक्षा मन्त्रालय र सिटिईभिटीको लगानीमा भवन निर्माण भएको र अन्य छात्रावास तथा प्रशासनिक भवनहरू निर्माणाधिन अवस्थामा रहेका छन्।

अहिले बिहान ६ बजे देखी दिउसो २ बजे सम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रधानाध्यापक टिकाराम तिमिल्सेनाले बताउनु भयो।३ जना विध्यार्थिको लागी छात्रवृत्तिको समेत व्यवस्था गरिएको उहाँले बताउनु भयो।

लुम्बिनी अन्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्कता खड्किरहेको अवस्थामा यस शिक्षालयले केही हद सम्म भए पनि विध्यार्थिलाई राहत हुने देखिन्छ।विध्यालय सञ्चालन ले गर्दा स्थानीय बासिन्दा समेत उत्साहित बनेका छन्।