दलित समुदायलाई समाजिक सञ्जालमा गालि गर्ने पक्राउ - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दलित समुदायलाई समाजिक सञ्जालमा गालि गर्ने पक्राउ



कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै भिनपा–१२ का दिलिप पन्तलाई कारवाहीको माग गरेका थिए ।

पन्तले सामाजिक संजालमा दलित समुदायको अपमान हुने गरी ‘डुम भनेका लास्टमा डुमै हुने रहेछन है ?’ भन्ने स्टाटस पोष्ट गरेका थिए । पन्तलाई आइतबार प्रहरीले प्रकाउ गरी कारवाही अगाडि बढाएको छ ।