सडकमा उफ्रेर केहि हुँदैन, प्रमाणपत्र देखाउन आवश्यक छैन: प्रधानन्यायाधीश
रुकुम –
प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।
आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।
उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।
आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।