भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार



हरी महर

भारतको कर्नाटाका राज्यको बेँगलोर जे पी नगरमा कार्यरत एक नेपाली युवक माथी सँगै काम गर्ने भारतीय नागरिक बिहार निवासी भोला पाण्डेद्वारा   बागेश्वर न पा ५  चूल्ला डडेल्धुरा २२ बर्षका अनिल बि क माथि मदिराको नशामा चक्कुले  हमला गरेका छन।

अपराधी भोाला पाण्डेलाई होटल मालिक ले नै छोपेर पुलिसलाई बुझायको छ भने घाइतेलाई बेँगलोर स्थित एक निजि हस्पिटलमा उपचार भैरहेको छ।

घाइतेको अपरेसन सफल भएको माधब भण्डारीले जानाकारी दिएका छन्  । उक्त घटनालाई मूल प्रवाह दक्षिण नगर समिति बेङलोर शेर शिङ बि क, कृष्ण बि क , सेर ब बिकको बिशेष पहलमा छानबिन भैरहेको छ।

घाइते अनिल बिक आफ्नो नोकरी सकेर आराम गरि रहेका थिए उनले होटेलमा लामो समय देखि काम गर्दै आएको बताईएको छ ।