माओवादी केन्द्रका मन्त्रीहरुद्वारा शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदै - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेससँग ७ महिना सहकार्य गरेको माओवादी केन्द्रले नयाँ सरकार तयारीको लागि सत्ता छाड्न लागेको हो । माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदैछ ।

‘मन्त्रीहरुले भोलि राजीनामा दिनुहुन्छ’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जनता समाचारसँग भनिन । देउवा सरकारमा माओवादी केन्द्रबाट ९ मन्त्री, ७ राज्यमन्त्रीसहित १६ जना मन्त्री छन्। प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेपछि प्रधानमन्त्री देउवाले सबै मन्त्रीलाई बिना बिभागीय बनाएका छन् ।

बिना बिभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरासहिथत अन्य बिना बिभागीय मन्त्रीहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारुले राजीनामा दिँदै छन्। बिना बिभागीय राज्यमन्त्रीहरु मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पाले पनि रामजीनामा दिँदै छन् ।