हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् :ओली - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् :ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन्

उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि बढाउने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न प्रतिबद्ध हुने उल्लेख गरेका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले स्थिरता र विकासका लागि वाम गठबन्धनलाई जिताएको जनाएका हुन् ।

‘विभिन्न टुक्रामा विभाजित भूगोललाई एकीकरण गरेर नेपालको स्वरुप बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रो पिता–पुर्खाहरुले गरेको’ स्मरण गर्दै उनले त्यसकै कारण ‘आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं’–भनेका छन् ।

इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरुले विखन्डन गर्न खोजेपनि नेपालीहरुले त्यस्ता प्रयासलाई परास्त गरेर अखन्ड नेपालकोरुपमा कायम राखेको ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् । हामीले लड्नु पर्दैन, केवल अडेमात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्नसक्छ–सन्देशमा उनले भनेका छन्–‘नेपाललाई विभिन्न नाममा विखन्डन गर्न खोज्ने तत्वहरु अब कमजोर भइसकेका छन् ।’

शुभकामना सन्देशमा उनले देश निर्माणको महाअभियानमा एक भएर लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।