एकताबारे नबोल्न ओलीको निर्देशन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एकताबारे नबोल्न ओलीको निर्देशन



एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

नेताहरुबाट एकता प्रक्रियाबाट माओवादी टाढिने आशंका व्यक्त भईरहँदा अध्यक्ष ओलीले दाहालसँग आफ्नो लामो छलफल भईरहेको र एकताको विषय सकारात्मक दिशामा अघि बढिरहेको प्रस्ट पारेका हुन् ।, आजकोनागरिकमा यो खबर छ ।

आईतबार साँझ मात्र दाहालसँग करिब एक घण्टा कुरा गरेका उनले सोमबार दिउँसो पार्टी स्थायी समिति बैठकमा पछिल्लो छलफलबारे ब्रिफिङ गरे ।