हजारौं बैंक छन् तर पैसा दिन सक्दैनन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हजारौं बैंक छन् तर पैसा दिन सक्दैनन



मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ।

पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो। तरलता अभाव सहज बनाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आइतबार पठाउने निर्णय गरेको थियो।

तर, बैंकहरूले भने दुई अर्ब ६३ रुपैयाँ मात्र लिए। गत बुधबार १० अर्ब पठाउँदा २२ अर्ब ६८ करोड रुपैयाँ बैंकले मागेका थिए।

एक साता अघि गत आइतबार पाँच अर्ब पठाउँदा १९ अर्बको माग आएपछि राष्ट्र बैंकले तत्कालै १० अर्ब पठाउने निर्णय गरेको थियो ।