प्रचण्ड र ओलीको वार्तामा के भयो ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रचण्ड र ओलीको वार्तामा के भयो ?



काठमाडौं–

लामो समयदेखि रोकिएको प्रचण्ड ओली भेटवार्ता आइतबार भएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटमा लामो समय ओली र प्रचण्ड विच वान टु वान वार्ता भएको थियो ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार नै बस्ने भनिएको बैठक प्रतिकुल मौसमका कारण प्रचण्ड चितवनबाट उड्न नसकेकोले रोकिएको थियो ।

पछिल्ला केही दिनयता पार्टी एकता र नयाँ सरकार गठनका विषयमा फोन संवाद गर्दै आएका दुवै शीर्ष नेताले एक्लाएक्लै भेटेर छलफल गरेका हुन्।

पार्टी एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटीका विषयमा दोस्रो तहका नेतालाई खटाएका दुवै शीर्ष नेताले सरकार र पार्टी नेतृत्व विषयको छलफललाई आफूमै सीमित राखेको वाम गठबन्धनका नेताहरु नै बताउँछन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार र पार्टी नेतृत्वमध्ये एक छान्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्दै आएका छन्।

एमाले अध्यक्ष ओलीले एकीकृत पार्टीको नेतृत्वसँगै सरकारको नेतृत्व गर्ने इच्छा देखाइरहेका छन्।

दुई नेताबीच पार्टी एकताको मोडालिटी र नेतृत्व व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ।

आगामी बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड जान लागेका एमाले अध्यक्ष ओलीले सोमबार पार्टीको स्थायी कमिटी बैठक समेत बोलाएका छन्।

फाइल तस्बिर