मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च लाग्ने - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च लाग्ने



मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ।

१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ हर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पु¥याइएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

अमेरिकी डलरको भाउ बढेसँगै आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब लागत पुग्ने अनुमान गरिएको उनले बताए। लागत बढेपछि एशियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर लागत थप गरेर कुल लागत २८७.४ लाख अमेरिकी डलर पु¥याइएको हो।