छोराको कुटाईबाट बाबु मारिए,आमा घाइते - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

छोराको कुटाईबाट बाबु मारिए,आमा घाइते



प्युठान– पारिवारिक झगडाको क्रममा छोराको कुटाईबाट प्यूठानमा बाबु मारिएका छन् भने आमा घाइते भएकी छिन्।

प्युठानको सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० वर्षीय मोहनलाल खाम्चाले आमा–बुबालाई कुटेका हुन्। कुटपिटबाट गम्भीर भएका ५३ वर्षीय बाबु रैसी खाम्चाको मृत्यु भएको हो। ४६ बर्षीया आमा अम्बीदेवीको उपचार भइरहेको छ।

मोहनलाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्युठान प्रहरीले जनाएको छ।