प्रदेश ५ : बुटवल र दाङको  बीच, कपिलवस्तु नै उत्तम राजधानी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रदेश ५ : बुटवल र दाङको  बीच, कपिलवस्तु नै उत्तम राजधानी



आभास पौडेल/कपिलवस्तु

प्रदेश ५ को राजधानीको दौडमा कपिलवस्तु पनि लम्किएको छ।

प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्तसमतल भूभागको उपलब्धता, अन्य जिल्लाको लागी यातायातको सुविधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकीय क्षेत्र, नजिकै अन्तर्रा्ष्ट्रिय गौतम बुद्ध विमान स्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिव मन्दिर, ऐतिहासिक पुस्तकालय तथा राजा शुद्धोधनको राजप्रासाद तिलौराकोटमा रहेकोले कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपूर्ण जिल्ला भएकोले प्रदेश नं ५ को प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने कपिलवस्तु बासिहरुको माग छ।

राजधानी सङ्घर्ष समिति कपिलवस्तुका संयोजक रौफ अहमद खाँकाले भगवान् गौतम बुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सय भन्दा बढी पुरातात्विक स्थलहरू जिल्लामा रहेकोले कपिलवस्तु राजधानी बन्नुपर्ने बताए ।