झाडापखालाबाट तंग्रिँदै ओली - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

झाडापखालाबाट तंग्रिँदै ओली



कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्।

तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।

सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो। ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले भनिन्, ‘उहाँ (ओली) को पेट अलि गडबडी भएको हो। अहिले ठिक छ।’

डा. सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो। औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमशस् सुधार भइरहेको छ। डा। सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।