गृहकार्य गर्दै प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

गृहकार्य गर्दै प्रधानमन्त्री देउवा



प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्।

देउवाले बिहीबार यी विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए।

बैठकमा सहभागी एमालेका नेताहरू सुभास नेम्बाड, भीम रावल, अग्नि खरेल, विष्णु पौडेलले प्रधानमन्त्रीका तीनवटै प्रस्तावमा मौन बस्दै सरकार हस्तान्तरण गर्न दबाब दिएपछि देउवा थप परामर्श गर्ने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।