मेरुदन्ड पीडित सुरेन्द्र बम्जनलाई आर्थिक सहयोग प्रदान
गुरु प्रसाद रेग्मी
नेपाली जनप्रगतिशिल मन्च युएई अन्तर्गत प्रगतिशील कलाकार सघको आयोजनामा गरिएको बृहत् सस्कृतिक कार्यक्रम तथा तामाङ्ग भाषामा निर्मित तामाङ्ग कथानक चलचित्र देम्वामायाको विशेष च्यारिटी सो बाट सङ्कालीत रकम चारलाख र अन्य देशका नेपाली जनप्रगतिशिल मन्च मार्फत सङ्कलन गरिएको रकम सहित एकमुष्ट रु,५,४८,३६५ विशेष कार्यक्रमका बिच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ जनवरी २०१८ मा पीडित सुरेन्द्र कुमार बम्जनलाई हस्तान्तरण गरिएको छ ।
उक्त समारोहमा माओवादी केन्द्रका विदेश विभाग प्रमुख युवराज चौलागाई, बाइ सी यल अध्यक्ष दिपशिखा, जन गायक तथा कलाकार नवीन खड्का, को साथमा स्मारिका को समेत उपस्थिति थियो भने विभिन्न देशका नेपाली जनप्रगतिशिल मन्चका प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
बम्जनको सहयोगार्थ नेपाली जनप्रगतिशिल मन्च युएइ तथा प्रगतिशील कलाकार सघ युएइ मार्फत रु ४ लाख, नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरिया मार्फत रु ७० हजार, नेपाली जनप्रगतिशिल मन्च कुवेत मार्फत रु ३० हजार, नेपाली जनप्रगतिशिल मन्च साउदी अरब मार्फत २७ हजार ३३०, नेपाली जनप्रगतिशिल मन्च कतार मार्फत रु २१ हजार ३५ सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बम्जन प्रगतिशील लेखक एवम् पूर्व जनमुक्ति सेना हुन् ।