एमबीबीएस गरेका ४१ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमबीबीएस गरेका ४१ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल



नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।

यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ ।

एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् ।

यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।