सेलीब्रेटी बन्दै सरस्वती सुब्बा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सेलीब्रेटी बन्दै सरस्वती सुब्बा



ओम प्रकाश बानियाँ

हिजो दिनभर सामाजिक सञ्जाल फेसबुक, टुईटरमा सामाजिक आन्दोलन कि अगुवा, सामाजिक अभियानता सरस्वती सुब्बालाई जन्म दिनको शुभकामना दिने हरुको घुईचो देखिन्थ्यो ।

२०४१ साल पौष १९ गते सर्लाही जिल्लाको एउटा निम्न परिवारमा जेठी छोरीको रूपमा जन्म लिनु भएको सुब्बा अहिले रास्टिय भूमि अधिकार मञ्च नेपाल कि महासचिव हुनुहुन्छ । गरिब, निमुखा, लाखौँ भुमिहिनहरुलाई जग्गा एवम् घर उपलब्ध गराउन सफल सुब्बा समाजसेवी/सेलीब्रेटी बन्दै जानु भएको एक टुईटर प्रयोग कर्ता बताउनु हुन्छ ।

सुब्बालाई विदेशमा रहेर मजदुरी गर्ने देखि सासद सम्मले जन्म दिनको शुभकामना दिए । सधैँ सकारात्मक पक्षको खरो वकालत गर्ने सबै वर्ग र क्षेत्रलाई उतिकाकै सम्मान गर्ने उनको विशेषता रहेको उनी सँग चिनजान र घुलमिल हुनेहरू बताउँछन् ।

बलराम तिमल्सिना आफ्नो फेसबुक वालमा यस्तो लेख्नु हुन्छ रास्टिय भूमि अधिकार मञ्च कि महासचिव लाखौँ भुमिहिन तथा सुकुम्बासीहरुको सारथी स्पष्ट वक्ता उदेयमान महिला नेतृ दिदी सरस्वती सुब्बालाई जन्म दिनको धेरै धेरै शुभकामना । त्यस्तै सासद शान्ता चौधरीले समेत प्यारी बहिनीको उपनाम दिँदै जन्म दिनको शुभकामना व्यक्त गर्नु भयो ।

फेसबुक र टुईटरमा उहाँको हजारौँ फलोअर्स छन् । टुईटरमा सुब्बाको ५२.७k फलोअर्स छन् । त्यो भनेको लगभग ५३ हजार हो ।