५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल



काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ। सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण जाँच गरेको थियो। २९४ गाडीको प्रदूषण जाँच गर्दा १३४ वटा मापदण्डभित्र परेनन्।

टोलीले पुस १३, १४, १५ र १८ गते भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साललगायत स्थानमा सवारी साधनको छड्के प्रदूषण जाँच गरेको थियो। ‘हामीले सवारीसाधन प्रदूषण जाँच अभियान थालेका छौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी तथा प्रवक्ता उमेश रञ्जितकारले भने, ‘प्रदूषण जाँचक्रममा झण्डै आधा सवारी साधन फेल भए।’