केन्द्रीय सचिवसहित आधा दर्जन नेतालाई वाइसीएलले कारबाही गर्ने
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेकपा एमालेसँग पार्टी एकता गर्दा जनयुद्व, जनभावना र क्रान्तिकारी स्प्रिटका आधारमा गर्न माउ पार्टीलाई सुझाएको छ । वाइसीएलको सोमबार सम्मपन्न बैठकले केन्द्रीय सचिवसहित सात जनालाई निलम्बन र निष्कासन गरेको छ ।
पुस १६ र १७ गते दुई दिनसम्म राजधानीमा बसेको सातवटै प्रदेश इन्चार्ज र संयोजको विस्तारित बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै वाइसीएलले सातवटै प्रदेशमा वाडदेखि प्रदेशसम्म फागुन मसान्तसम्म सम्मेलन गर्ने निणर्य पनि गरेको छ ।
बैठकले सङ्गठनका केन्द्रीय सचिव रञ्जित यादव, केन्दीय सदस्य अािल पासवान, गणेश राउतले प्रदेश नं २ मा समानान्तर समिति बनाएकाले सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको छ ।
त्यस्तै समानान्तर समिति निर्माण गर्ने केन्द्रीय सदस्य दीपक पटेल, कमल न्यौपाने, रविराम र अरुणकुमार यादवलाई सात दिनभित्र आत्मआलोचना पत्र केन्द्रीय समितिमा बुझाउन र सुध्रिन चेतावनी समेत दिएको छ ।
त्यसै गरी केन्द्रीय सदस्य इन्द्र कठायतलाई नेपाली काँग्रेससँग साँठगाठ गरी सङ्गठनमा गद्दारी गरेको आरोपमा सङ्गठनबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै वाइसीएलले भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना उम्मेदवारलाई जिताउन अहोरात खटिएका सङ्गठनका नेताहरूलाई पदाधिकारीले सम्मान र धन्यवाद ज्ञापन गर्यो ।