बुटवल बहुमुखीमा विद्यार्थी सचेतता समिति गठन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

बुटवल बहुमुखीमा विद्यार्थी सचेतता समिति गठन



आभास पौडेल / रुपन्देही

+२ उतिर्ण गर्न गैरहेका विद्यार्थीलाई उनीहरूकै माझ बसी ज्ञान मूलक शिक्षा र त्रिभुवन विश्वविद्यालय  मताधिकारमा सञ्चालन भइरहेको विषय CSIT(computer science and information technology ) को बारेमा जानकारी दिने लक्ष्य  सहित बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सचेतता  समिति गठन भएको छ।

बुटवल बहुमुखीको क्याम्पस प्रशासन बाम गठबंधन CSIT Association को सहमतिमा सचेतना समिति गठन गरिएको हो ।

समितिको अध्यक्षयता सोही क्याम्पसमा CSIT प्रथम वर्षमा अध्यनरत विजय पौडेलले गरेका छन् ।समितिमा सोही क्याम्पमा  अध्यनरत विद्यार्थी साथै CSIT  Association प्रथम वर्षका प्रतिनिधिका दाबेदार महेन्द्र कडेल देबिक भन्डारी साथ साथै प्रथम वर्ष बाम गठबन्धनका इकाई अध्यक्षका दाबेदार सुमन घिमिरे, हुम बहादुर खत्री सुदर्शन फुलेल रहेका छन् ।