अर्घाखाँचीमा सिआइजी र नगरपालिकाको सहकार्य - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अर्घाखाँचीमा सिआइजी र नगरपालिकाको सहकार्य



कमल बिष्ट /अर्घाखाँची 

भुमिकास्थान नगरपालिकाको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम पोखेडाँडामा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ७ र ८ लाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रेश्म थापाले नगरवासीहरु सचेत नहुँदा सम्म भ्रष्टाचार र ढिलासुस्ती न्यूनिकरण नहुने बुझेरनैई आफना नगरवासीहरुको लागि सूचनाको हक सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नु परेको बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्वासेले सूचनाको हक नागरिकको मौलिक अधिकार भएको र यसलाई कसैले पनि हनन् गर्न नसक्ने कारण सबैजनाले यसको सही सदुपयोग गर्न आव्हान गर्नु भएको थियो । यसै गरी कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा भुमिकास्थान नगरपालिकाका सूचना अधिकारी हरिषचन्द्र भुसालले नागरिकले मागेका सूचनाहरू जतिसक्दो चाँडो प्रवाहा गर्न आफू आत्तुर भएको बताउँदै गर्दा सहभागीहरू प्रसन्न भएका थिए ।

भुनपा वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्व, वडा सचिव टिकाराम न्यौपानेको सञ्चालन र वडासचिव चिरन्जीवी अधिकारीको स्वागत मनत्व्य रहेको सो कार्यक्रममा सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सुशासन प्रबद्र्धनमा सूचनाको हकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व तथा प्रयोग विधिवारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका झुपलाल खनाल,घनश्याम आचार्य नेपाली काग्रेसका खिमकुमार श्रेष्ठ, यम बहादुर थापा माओवादी केन्द्रका टानवहादुर पुन, लक्ष्मण पौडेल राजमोवाट चेतनारायण गैरे,नुवाकोट महिला सन्जालकी अध्यक्ष शर्मिला पोख्रेल, नगरस्तरीय युवा सङ्घका अध्यक्ष रामचन्द्र ढुङ्गाना र दिपज्योती युवा परिषदका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नं. ७ अनि ८ का वडा अध्यक्षहरु तारावहादुर मल्ल र राजकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्वासे, सूचना अधिकारी हरिषचन्द्र भुसाल, पशुसेवा शाखा प्रमुख गुरुप्रसाद भुसाल, कृर्षि सेवा प्रमुख वलाराम घिमिरे र स्वास्थ्य चौकी इन्र्चाज ज्ञानहरी खनाल लाई सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड सहित आवस्यकीय पाठयसामाग्रीहरु मायाको चिनो स्वरूप प्रदान गरिएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।