कतारमा नेपाली श्रमिकले गर्ने १० काम - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

कतारमा नेपाली श्रमिकले गर्ने १० काम



ओम प्रकाश बानियाँ/दोहा, कतार

नेपालीहरूको लागि रोजगारीको प्रमुख गन्तव्य बन्दै आएको खाडी मुलुक कतारमा लाखौँ नेपाली विभिन्न पेसामा कार्यरत छन्। सङ्ख्याका आधारमा पनि मलेसिया पछि सबैभन्दा बढी नेपाली रहेको मुलुक कतार हो । नेपालीको सङ्ख्या कतारको पूरा जनसङ्ख्याको करिब १६% भन्दा बढी अर्थात् ४ लाखभन्दा बढी छ, जुन यहाँका मुलबासी कतारीहरू भन्दा झन्डै दोब्बर हो।

कतारबाट नेपालमा बर्सेनि अर्बौँ रुपैयाँ रेमिट्यान्सका रूपमा भित्रिने गरेको छ । जसले विगतको दशकदेखि नेपालको अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगटेको छ । विशेष गरी नेपालमा बढ्दो बेरोजगारीका कारण बिदेसिनेको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

कतारमा भारतीय पछि धेरै कामदार नेपाली छन् । २०५२ देखि औपचारिक रूपमा नेपालीहरू रोजगारीका लागि कतार जान थालेका हुन् । मध्य पूर्वको सानो देश कतारलाई यति बेला खाडीका सात राष्ट्रले जुन ५ देखि औपचारिक रूपमा नाकाबन्दी लगाएका छन् । साउदी अरब, युएई, ईजिप्ट, बहराइन, लिविया, मालदिभ्स र यमनले कतार सँग कुटनैतिक सम्बन्ध टुटेको घोषणा समेत गरी सकेका छन् । कतारले आतंकवादीहरुलाई सहयोग गरेको भन्दै अन्य राष्ट्रले कतारलाई नाकाबन्दी लगाएका हुन् तर कतारले भने त्यो आरोप कपोकल्पित र झुटो भएको जनाउदै आएको छ ।

२०२२ मा विश्व कप सन्चालनको लागि आवश्यक पर्ने ग्राउन्ड, अन्य भौतिक सामग्री, रेल मार्ग समेत धमाधम बनिरहेको छ । अहिले नेपाली कामदारको समेत अत्यधिक माग रहेकोे पाइएको छ । नेपाली कामदारले कतारमा गर्ने प्रमुख १० कामहरू यस प्रकार छन् :

१. हाउसकिपिङ/क्लिनिङ: घर, बाटो, अधौगिक क्षेत्र, एयर पोर्ट, झ्याल ढोका आदि सफाइ गर्नु पर्द्छ । यस काममा पुरुष कामदार र महिला कामदारहरु रहेका छन् । यो काम ईन्डोर र आउट डोर गरी दुई प्रकारका हुन्छन् ।

२. कन्स्ट्रक्सन: बाटो घाटो, कुल कुलेसो, घर, औधोगिक क्षेत्र आदि इत्यादि बनाउनु कन्स्ट्रक्सनको काम हो । यो काम निकै गाह्रो हुने साथै तलब समेत कम हुने गर्दछ ।

३. पेन्टिङ. नयाँ घर, पुराना रिपयरिङ घर, अधौगिक क्षेत्र आदिमा पेन्टिङको काम चल्ने हुनाले यस काममा नेपालीहरू उल्लेखनीय छन् ।

४. स्काफोल्डिङ. नयाँ संरचना बनाउदाको लागि स्काफोलडिङको साहयताले जानु पर्ने हुन्छ । गिटी, बालुवा, ईट्टा, इलेक्टि्रकल जडान गर्दा स्काफोलडिङको प्रयोग गरिन्छ ।

५. वोईटर: अफिसका कर्मचारीलाई चिया बनाउनु, होटेलमा आएका ग्राहकलाई सर्भिस गर्नुलाई वोईटर भनिन्छ । यो काम ईन्डोर हुन्छ । यो कामको लागि अङ्ग्रेजी, हिन्दी जानेको हुनु पर्छ ।

६. इलेक्टिसियन: नयाँ घर बनाउँदै जाँदा इलेक्ट्रीसियनको समेत आवश्यक पर्छ । घर बनाए सँग सँगै तारहरु समेत बिछ्याउनु पर्ने हुन्छ । यो काम थोरै रिक्सी भए सँगै तलब पनि राम्रो हुन्छ ।

७. ड्राईभिङ: नेपालमा गाडीको स्टेरिङ दाहिने पट्टी हुन्छ भने कतारमा देब्रे पट्टी हुन्छ । ठुला ठुला बाटा हरू भएकोले गुडाउन सजिलो हुन्छ । प्रत्येक चोक वा ज्रेब्रा क्रसिङमा सिसी क्यामेरा जडान गरिएको हुन्छ । केही गल्त गरे तुरुन्त फाईन लाग्छ । नेपाली ड्राइभरहरु कतारमा उल्लेखनीय छन् ।

८. ट्र्ली बोई: सुपरमार्केट वा एयरपोर्ट तिर आएका मानिसको झोला वा ब्यागलाई ट्र्लीमा हाली उनीहरूको सवारी साधन सम्म पुर्‍याउने कामलाई ट्र्ली बोई भनिन्छ । यस काममा ग्राहकहरुले खुसी भई टिप्स वा अन्य उपहार समेत दिने गर्द्छन ।

९. सेक्युरिटी: घर, सुपरमार्केट, होटेल, एयरपोर्ट, कम्पनी आदिमा चेक जाँच गर्ने बस्नुलाई सेक्युरिटी भनिन्छ । उसको काम कति बजे कुन गाडी भित्र गयो, कुन बाहिर आयो, कुन मानिस गयो आदि इत्यादि कुराको अभिलेख राख्नु हो ।

१०. सुपरभाईजर, मेनेजर: कतारमा ७३० रियल खाने लेवर देखि ५५ हजार रियल खाने सम्मका मेनेजर छन् । उनीहरूको काम स्टाफका गुनासा सुन्ने, समस्यालाई चाडो भन्दा चाडो समाधान गहो, नयाँ कन्ट्राक्ट लिने आदि हुन् ।

नेपालमा बसे केही गरी खाने ठाउँ छैन। सरकारले लाखौँ युवा शक्तिलाई कुनै नीति कार्यक्रम ल्याएर वा कुनै अवसर प्रदान गरेर देशमै केही न केही योगदान गर्ने व्यवस्था मिलाउन सकिरहेको छैन। फलस्वरूप लाखौँ दक्ष युवा पलायन भइरहेका छन्। अर्कातिर सामान्य योग्यताको स्तर भएका युवाहरू बेरोजगारीको चरम बाध्यताका कारण खाडीलगायतका मुलुकमा अत्यन्त सस्तो मूल्यमा आफूलाई बेच्न बाध्य छन्।

कुन देश जाने, कति पैसा लाग्ने, के कामको लागि जाने भन्ने विषयमा बार्गेनिङ हुन्छ। नेपालीहरूलाई कतार, मलेसिया, साउदी अरेबियालगायत मुलुकमा अधिकांशजसो अदक्ष कामदारका लागि घर, सडक, पुल आदि बनाउनेदेखि सेक्युरिटी गार्ड, होटेल मजदुर आदिका लागि भिसा दिने गरिन्छ ।