छोरीको निम्ति स्वर्णिम देश बनाएर छाड्छु :नायिका रेखा थापा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

छोरीको निम्ति स्वर्णिम देश बनाएर छाड्छु :नायिका रेखा थापा



सुर्खेत।वाल विवाह विरुद्धका अभियन्ता नरबहादुर कार्की र रेखा थापाले बालविवाह अन्त गर्ने उद्देश्यका साथ सुरु भएको ‘छोरीका लागि स्वर्णिम नेपाल’ महाअभियानलाई साथ दिन आग्रह गर्नु भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा भएको सचेतनामूलक कार्यक्रममा कार्की र थापाले समृद्ध समाज निर्माणका लागि बालविवाह अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । महाअभियान सबैको साझा अभियान पनि भएको उल्लेख गदै उहाँहरूले छोरीको निम्ति नेपाललाई स्वर्णिम देश बनाउने दाबी समेत गर्नुभयो ।

महाअभियानका अभियान्ता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले २० वर्ष मुनिका ३७ प्रतिशत छोरीहरुले विवाह गर्ने गरेको भन्दै विश्व सामु नेपाल बालविबाह गर्ने देशको सूचीमा उच्च स्थान रहेकाले बताउनुभयो ।

बालबिबाहका कारण थुपै छोरीहरुले आफूले चाहेको कुराहरू पुरा गर्न नसक्ने भन्दै उहाँले छोरीहरुको सुनौलो भविष्य निर्माणको लागि वालविवाह अन्त्यको विकल्प नभएको उल्लेख गर्नुभयो ।

यस्तै अभियान्ता तथा नायिका रेखा थापाले बालविवाहका कारण महिलाहरू पछि परेको उल्लेख गदै नेपाललाई ‘छोरीको निम्ति स्वर्णिम देश बनाएर छाडने दाबी गर्नुभयो ।