सुमार्गीको अबैध धन्दा, २२ अर्ब अवैध - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सुमार्गीको अबैध धन्दा, २२ अर्ब अवैध



ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्यूरो(सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेको हो।

उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ।

अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुशन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको छ।

अध्ययन अनुसार करिब ११ अर्ब ५० करोड रुपैंयाँ उनले विदेशबाट भित्र्याइसकेका छन्। प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्वीकृती दिने निकायहरु उद्योग विभाग, उद्योग मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन्।

विदेशी विनियम ऐन २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ। सुमार्गीको कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन्।