सुर्खेतमा आगोले १० पसल ध्वस्त, ४ करोड बढीको क्षति - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

सुर्खेतमा आगोले १० पसल ध्वस्त, ४ करोड बढीको क्षति



सुर्खेत-

सुर्खेतको बसपार्क नजिकै रहेका केहि पसलमा आगलागी बाट ठुलो क्षति भएको छ । गयराती भएको उक्त आगलागीमा ४ करोड ३३ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् । विधुतको तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

गएराती पौने १० बजेदेखी शुरु भएको आगो बिहान साढे सात बजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको थिएन । आगो नियन्त्रणमा लिने प्रयास भैइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।