देउवाले ममाथि राजनीतिक बदला लिन खोजे :नवराज सिलवाल
काठमाडौँ ।
नेकपा एमालेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले सरकारले आफूसँग राजनीतिक बदला लिन खोजेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतले कार्यसम्पादन मूल्याङ्क सूचीमा किर्ते भएको भन्दै दोषीमाथि कारवाही अघि बढाउन निर्देशन दिएपछि सिलवालविरुद्ध किर्ते मुद्दा दायर भएको छ ।
सिलवालले भने, ‘नेकपा एमालेबाट ललितपुर १ बाट निर्वाचत जितेपछि सरकारले मलाई राजनीतिक बदला दिन मुख्य निशाना बनाएको छ ।’
‘प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा प्रहरीले छानविन अघि बढाएको सुन्दा मलाई निकै दुःख लागेको छ,’ सिलवालले भने ।
आफूले कामसु अदालतमा पेश नगरेको सिलवालले बताएको द राइजिङ नेपालमा खबर छ ।
‘कसरी यस्तो महत्वपूर्ण दस्तावेज मिडियामा लिक भयो ? यसबारे अनुसन्धान हुनपर्छ,’ उनले भने, ‘म यसबारे निश्पक्ष अनुसन्धानको पक्षमा छु ।’