मोदीको फोन, ओली-प्रचण्डको ५ घण्टा गोप्य छलफल र बालुवाटार बैठकको कनेक्सन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मोदीको फोन, ओली-प्रचण्डको ५ घण्टा गोप्य छलफल र बालुवाटार बैठकको कनेक्सन



काठमाडौं । 

बारम्बार नेपालको राजनीति भारतबाट प्रभावित छ भन्ने आरोप नेपालका नेताहरूले खेपिरहेका छन् । दलहरूले यो पटक पनि यो आरोपबाट अछुतो रहन भने सकेनन् ।

पार्टी एकता गर्ने तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षबीच गएराति पाँच घण्टा लामो गोप्य छलफल भएको एक श्रोतले जनाएको छ । उक्त बैठक मोदीले शीर्ष नेताहरूलाई फोन गरेपछि तय गरिएको जनाइएको छ ।

हिजो साँझ करिब ५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिनै दलका शीर्ष नेताहरूलाई फोन गरेर लामो कुराकानी गरेका थिए, तर फोनमा के कुरा भएको भन्ने विषयमा अहिले सम्म खुलेको छैन । मोदीको टेलिफोनपछी राजनीतिक वृत्तमा आएको उथलपुथल भने सामान्य छैन ।

मोदीको फोन पछाडि एमाले र माओवादी अध्यक्ष ५ घण्टासम्म बैठक बस्नु, आज बालुवाटारमा सर्वदलीय छलफल गर्नु, तीन धुर्वमा देखिएका दलहरुबीच एकाएक जुटेर छलफल गर्ने वातावरण बन्नु चाहिँ संयोग मात्र होइन ।

शुक्रवार पार्टी एकता संयोजन समितिको बैठक राख्ने तयारीमा रहेका दुवै अध्यक्षलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेको केही समयपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले मध्यराति १२ बजेसम्म कुराकानी भएको थियो । श्रोतका अनुसार प्रचण्ड ओलीवीच पार्टी एकताबारे समान धारणा, संयुक्त वैचारिक दस्ताबेज, एकीकरणपछि पार्टीको संरचनाबारे छलफल भएको थियो ।

बिहीबार साँझ करिब ५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका थिए । टेलिफोन सम्वादमा के कुराकानी भयो भन्ने अझै खुल्न सकेको छैन ।