सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु



दक्षिण कोरिया- दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका छन्।

उक्त स्थान कोरियाको राजधानी सिओलबाट १ सय ६८ किलोमिटर दक्षिणमा पर्छ। पार्किङमा राखिएको गाडीबाट आगो सुरु भएको कोरियाको अग्नि नियन्त्रक संस्थाले जनाएको छ। उक्त मलको दोस्रो तल्लामा पब्लिक साउनासमेत रहेको बताइएको छ।

आगो नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणका लागि २० वटा अग्नि नियन्त्रक र ५० भन्दा बढी तालिमप्राप्त फायरफाइटर्स पठाइएको अधिकारीहरूले जनाएका छन्।