स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते



बाजुरा । बाजुराको गौमूल गाउँपालिका–४ मा बुधबार राति भूवापर्वमा स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको बताइएको छ ।

घाइते हुनेहरुमा घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षीय देबे कामी, ४५ वर्षीय मन कामी, २७ वर्षीय मंगल बिक, ५५ वर्षीय बिर्के कामी, ४५ वर्षीय अशबहादुर कामी , ६० वर्षीय भिके बिक र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन्।

घाइतेहरुका अनुसार आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेको बताइएको छ । घाइतेहरुको हात, टाउको लगायत शरीरका विभिन्न अंगमा चोटपटक लागेको छ।

कुटपीटमा संलग्न रहेको भन्दै गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जना बिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरी जाहेरीमा उल्लेख छ।