विष खाँदा बालिकाको मृत्यु, चार बिरामी - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

विष खाँदा बालिकाको मृत्यु, चार बिरामी



मलंगवा :

सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

राम प्रताप रायको घरमा राखेको तरकारीमा छर्ने ‘मेरी कुलान’ विषादी खाँदा अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्मिताको उपचारको क्रममा सर्लाही अस्पताल मलंगवामा मृत्यु भएको हो। साथीहरू सँग खेल्ने क्रममा अस्मिताले औषधि खाएकी थिइन्।
औषधि खाएपछि राम प्रताप रायकी ४ बर्षीया छोरी पूजा कुमारी र २ वर्षीय छोरा आदित्य यादव गम्भिर बिरामी भएका छन्। उनीहरु सँगै औषधी खाएका विकाउ रायकी ४ वर्षीया छोरी खुश्बु कुमारी र २ वर्षीय छोरा खुशीलाल राय गम्भीर बिरामी भएका छन्। उनीहरुको उपचार सर्लाही अस्पताल मलंगवामा भइरहेको छ। खेल्ने क्रममा उनीहरुले रामप्रतापको घरमा लुकाएर राखिएको औषधि भेटेपटि सबै जना मिलेर खाएका थिए।

अन्नपूर्णपोष्टमा यो खबर छ