आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार गरी युवतीको हत्या - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार गरी युवतीको हत्या



११ भदौ, दमक । झापाको तोपगाछीस्थित केर्खामा एक युवतीको हत्या भएको छ ।

अाफ्नो श्रीमानसँग हिँडेको भन्दै धनबहादुर लिम्बूकी श्रीमती २४ वर्षीया रीता लिम्बुले शनिवार बिहान छुरा प्रहार गरी तोपगाछी-७ केर्खाकी सुनिता रार्इको छुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

आफ्नो श्रीमानसँग हिँडेको भन्दै लिम्बूले गएराति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन्। छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

छुरा प्रहारबाट घाइते भएका उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। अभियुक्त रीतालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। रासस