पत्रकार महासंघ भारत शाखाको वार्षिक साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

पत्रकार महासंघ भारत शाखाको वार्षिक साधारण सभा सम्पन्न



अर्जुन खनाल /नयाँ दिल्ली

नेपाल पत्रकार महासंघ भारत शाखाको  पूर्ण  समितिले आफ्नो वार्षिक साधारण सभा २१ तारिक आईतवारका दिन सम्पन्न भएको  छ । सोहि अवसरमा उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली राजदुतावासका शिक्षा एवं साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्तले दुतावासले पूर्ण सहयोग गर्ने बताउनु भयो ।

Mahasangh-123-300x214कार्यक्रममा भारतमा रहेका नेपाली संघ सस्थाहरुको उलेख्य उपस्थिति देखिन्थ्यो ।

कार्यक्रममा कार्यक्रममा उपस्थित सबैलाई स्वागत महासंघका सहकोषाध्यक्ष हिम शिखरले गरेका थिए भने वार्षिकी प्रतिवेदन सचिव ऋषि राम अधिकारीले  सुनाएका थिए  ।

लोकेश शाहाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव गोबिन्द पोख्रेलले संचालन गरेका थिए  । सो साधारण सभाको कार्यक्रम गरेको मितिदेखि नै  भारतको आर्थिक राजधानीको रुपमा रहेको मूम्बइमा कार्यरत श्रमजिबि पत्रकारहरु भुमिलाल पौडेल, दिनमणि पाण्डे र देवीकला पाण्डे एवंम नेपाल वानमा कार्यरत आकांक्षा पाण्डे तथा महेशसिंह रैखोलालाइ सदस्यमा सामिल गरेको छ  ।

नेपाल आवाज दैनिकको कार्यलय उद्द्घाटन 

सोहि दिन भारतको नया दिल्लीबाट संचालन हुदै आएको  नेपाल आवाज दैनिक पत्रिकाको कार्यलय पनि नेपाली दुतावासका शिक्षा एवं साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्तले नै उद्घाटन गर्नु भएको थियो  । सोहि 14037808_1105357132890647_1606786290_o (1)कार्यक्रममा नेपाल आवाज दैनिकको अनलाइन पोर्टल पनि सुभारम्भ गरिएको थियो  ।  कार्यक्रम महासंघको सभाहल जी—३५, भैरों मन्दिर, तिस हजारी दिल्लीमा भव्य एवं शानदार रुपमा सम्पन्न भएको थियो ।