बुटवलमा केपी इन्फोटेकको सुभारम्भ ,युवाहरु विदेशीनु हुन्न भन्ने उदाहरण
रुपन्देहीको लुम्बिनी इन्जीनियरींग कलेज भलवारीमा अध्यान गर्दै आएका सुरज पाण्डेले बुटवल ११ ईट्टाभट्टीमा केपी इन्फोटेकको सुभारम्भ गरेका छन् । हिजो आज विदेश गएर टन्न पैसा कमाउछु भन्नेको नेपाली समाजमा लाम देखिन्छ तर आफुले सिकेको शिप आफ्नै देशमा लगानी गरौ विदेशीनु हुदैन भन्ने आसय बोकेर इन्फोटेकको सुरुवात गरेको पाण्डे बताउछन ।
सुरज पढाई संगै विभिन्न कार्यक्रममा अभिनय र
फेसबुकको युवाहरुमा अत्यान्त्यै लोकप्रिय ग्रुप मेन्स रुम रिलोडेड(MRR) का बुटवलबाट क्रियासिल सदस्य पनि हुन् ।
आज बिहान एक कार्यक्रमका साथ सुभारम्भ गरिएको उक्त इन्फोटेकमा कम्प्युटर, ल्याप्टोप,कम्प्युटर पार्ट्स ,पेन ड्राईभ,केवल ,मुवाईल चार्जर,ल्याप्टोपका विभिन्न पार्ट्स,आदि उपलब्ध छन् ।
यसरी आफुले सिकेको शिप आफ्नै देशमा लगानी गर्ने हो भने हाम्रो देश पनि चाडै नै विकसित नहोला भन्न सकिदैन सुरज त केवल एक उदाहरणका पत्र हुन ।