गितान्जलीको बिमोचन - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

गितान्जलीको बिमोचन



हिमाल पोस्ट /असोज ३० 

गीतकार यशोधा थापा यशुको आधुनिक गीत तथा गजल संग्रहित एल्वम गितान्जलीको बिमोचन गरिएको छ । गीतकार थापाका शब्दमा राज सागरको एकल संगीत र एकल आवाजमा रहेको एल्वम गितान्जली आईतबार राजधानिको बौद्ध स्थित बेकरी क्याफेमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।

हाल बेल्जियममा रहँदै आएकी गीतकार यशु थापा नेपाल आएको अवसर पारेर एल्वमको बिमोचन गरिएको हो । ४ वटा गीत गजल समाविष्ट यो एल्वम भित्रको गजल पिउँदीन सराव भन्दा भन्दै र आागमन बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अमिर सेखको निर्देशनमा बनेका यी दुई भिडियोमा अनिल थापा, जेविस्का कार्की अमिर सेख, ज्यात्सना योगी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस एल्वमका गायक तथा संगीतकार राज सागरले एल्वम भित्रका गीतहरु समेत गाएर सुनाएको बिमोचन समारोहमा गायक यम बराल, गायिका अन्जु श्रेष्ठ, संगीतकार सुवाश भुसाल, लोक गायक नविन पौडेल, नेपाल आईडलका विल्सन श्रेष्ठ, मोडल अमिर सेख,  अनिल थापा लागायका संगीतकर्मी र कलाकारहरु साथै एनआरएनएको बिश्व सम्मेलनाका लागि नेपाल आएका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।