दिल्लीमा रहेको नेपाली बिद्यार्थीहरुको संस्था "हातेमालो"को फुटवल प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • २ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 15 2025
Logo

दिल्लीमा रहेको नेपाली बिद्यार्थीहरुको संस्था “हातेमालो”को फुटवल प्रतियोगिता सम्पन्न



दिल्लीमा रही सीए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको संस्था  “हातेमालो नेपाली विद्यार्थी समूह” ले जुलाई ३१  का दिन दोस्रो फाइभ-ए-साइड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।13681856_1026416657465667_421471668_o

लक्ष्मीनगरको स्थानीय ललिता पार्कमा आयोजित उक्त प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा कै13839972_1026416620799004_1670863692_oलाश श्रेष्ठ कप्तान रहेको स्टार-११ फुटबल क्लबले प्रथम स्थान हासिल गरेको थियो भने प्रसित शर्मा आचार्यले नेतृत्व गरेको रियल युनाईटेडले दोस्रो स्थान हासिल गरेको थियो ।

प्रथम र द्वितीय स्थान प्राप्त गर्ने टोलीलाई पुरस्कारको रूपमा क्रमश: नगद रु ६००० र ४००० प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा नेपाली तथा स्थानीय भारतीय दर्शकको उत्साहजनक सहभागिता थियो । “हातेमालो” मुलत: विद्यार्थीको हक, हित र सीए अध्ययनसं13839915_1026416624132337_681340790_o (1)गै सम्बन्धित शैक्षिक र व्यावसायिक विकास र स्तरोन्नतिका लागि दत्तचित्त संस्था भएको साथै यस संस्थाले समय समयमा नेपाली संस्कृति जगेर्ना गर्ने हेतुका साथ संस्कृतिक कार्यक्रम र मनोरंजनका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको पनि छ ।उक्त गौरवशाली परम्पराहरू मध्ये  फुटबल प्रतियोगिता पनि एक रहेको कुरा संस्थाकै अध्यक्ष सुनिल बुढाथोकीले बताए ।