चिकित्सकले फेरी आन्दोलन चर्काउने
असोज ८, काठमाडौं-
केहिदिन देखि आन्दोलनरत चिकित्सकहरु र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भयो ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो ।
नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ ।, यो खबर आजको नागरिकमा छ ।