बिन्दास लाईफको पहिलो पोस्टर सार्वजनिक - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बिन्दास लाईफको पहिलो पोस्टर सार्वजनिक



समीर प्रकाश पाण्डे

राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र बिन्दास १,२,३ को सफलता सँगै हालै मात्र ‘बिन्दास लाइफ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा हिरोईनको रूपमा बिन्दास १ मा सुष्मा कार्की, बिन्दास २ मा अनिषा गुरुङ बिन्दास ३ मा शोभिच्छा थापाको को अभिनय रहेको थियो भने यस पालि बिन्दास लाईभमा नयाँ अनुहार सपना लामिछानेलाई देख्न सकिन्छ ।

बिन्दासको सिक्वल फिल्म बनाउँदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रूपमा हेरिएको छ । यस चलचित्रमा समावेश गरिएको गीतको छायाङ्कन गर्नका लागि मात्र १० लाख खर्च भएको निर्देशक राजु गिरीले बताएका छन्

सार्वंजनिक भएको पोस्टर हेर्दा पनि यो चलचित्र आशावादी देखिएको छ । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन । चलचित्रमा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति पुस २१ लाई टोकिएको छ ।