ज्यानमारा र अपराधी पनि राष्ट्रपति बन्न पाउने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

ज्यानमारा र अपराधी पनि राष्ट्रपति बन्न पाउने



भदौ ३०, 

संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ ।

सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२ (ङ) मा ती व्यवस्था उल्लेख छ ।

संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० बर्षभन्दा कम कैदको सजाय पाई भुक्तान गरेको मितिले ६ बर्ष पुरा गरे पछि राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न योग्य हुने उल्लेख छ ।

नेपाल समाचारपत्रमा खबर छ ।