फेसबुकले ल्यायो नयाँ फिचर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

फेसबुकले ल्यायो नयाँ फिचर



संसारको सबैभन्दा ठुलो सञ्जाल भएको सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउँदैछ, जुन फिचरबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ ।

रिपोर्ट अनुसार यो फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट टू नो फ्रेन्ड नामक बटन उपलब्ध गराउनेछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताका लागि फेसबुक साथी बन्न सक्ने अनेक सम्भावित व्यक्तिहरुको सूचि प्राप्त हुनेछ । यसमा केवल सम्भावित साथीहरुको सूचि मात्र होइन की दुबैजनालाई मनपर्ने कार्यक्रम, दुबैजनाले लाइक गरेका पेजहरु, बस्ने ठाउँ, काम गर्ने ठाउँ जस्ता जानकारी पनि प्राप्त हुनेछन् ।

फेसबुकले एक अर्को फिचरको पनि परीक्षण गरिरहेको छ, जसले मेसेन्जर एपसँग काम गर्नेछ । यसले प्रयोगकर्तालाई एकअर्कासँग भेट गर्नका लागि समय तय गर्न अह्राउनेछ ।

यो वर्षको सुरुवातमा फेसबुकले डिस्कभर पिपल नामक फिचर पनि सुरु गरेको थियो । जसले प्रयोगकर्तालाई ग्रुप तथा इभेन्ट्सको माध्यमबाट नयाँ साथी बनाउनमा सहयोग गर्दछ । एजेन्सीको सहयोगमा