रौतहटबाट ३६ सय बन्दा बढी माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

रौतहटबाट ३६ सय बन्दा बढी माओवादी केन्द्रमा प्रवेश



गौर–

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार रौतहटमा विभिन्न पार्टीका ३६ सय भन्दा बढीलाई पार्टी प्रवेश गराएका छन् ।

मधेश अभियानको चौंथो दिन रौतहटमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ सय जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन।

बिहीबार बिहान रौतहटको गौरमा उद्योग वाणिज्य संघ गौरका सचिव मुनिलकुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाउको छ । आसन्न २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन लक्षित अभियानका क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितको कार्यक्रममा मधेसका विभिन्न जिल्लाबाट पार्टी प्रवेशको लहर चलेको छ ।

एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा सैयौं नेता कार्यकर्ता माओवादी प्रवेश गरेको माओवादी कार्यालयले जनाएको छ ।

यस्तै, विहीबार दिउँसो गरुडामा आयोजना गरिएको कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधीर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवालको नेतृत्वमा १२ सय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यसैगरी, कनकपुर नगरपालिकामा आयोजित चुनावी सभामा झण्डै ५ सय कार्यकर्ता माअ‍ोवादी प्रवेश गरेको जनाइएको छ ।