सद्भावनाका संस्थापक सहित १२ सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

सद्भावनाका संस्थापक सहित १२ सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश



जनकपुर–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसबाट मधेसवादी दलहरुबाट ठुलो सङ्ख्यामा पार्टी प्रवेश गर्ने उद्घोष गरेको केहीदिनपछि ठुलो सङ्ख्यामा पार्टी प्रवेश गराएका छन् ।

मङ्गलवार धनुषाको जनकपुरधाममा आयोजित कार्यक्रममा प्रचण्डले सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीसहित विभिन्न पार्टीका गरी १२ सय ७० जनालाई पार्टी प्रवेश गराएका हुन् ।

तेस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा केही दिनदेखि २ नम्बर प्रदेशमा केन्द्रित रहेका प्रचण्डले ११ वर्षपछि मधेसमा माओवादी पार्टीको पक्षमा लहर आएको दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा, विश्वनाथ साह, प्रभु साह, रामकुमार यादव, उर्मिला अर्याल, डाचाराज वाग्ले लगायतका नेताहरू उपस्थित थिए ।