माओवादी केन्द्रको हेडक्वार्टर विघटन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

माओवादी केन्द्रको हेडक्वार्टर विघटन



भदौ १२, काठमाडौँ-

नेकपा माओवादी केन्द्रको हेडक्वार्टरको विघटन भएको छ। ९९ सदस्यीय केन्द्रीय समीती बनाउने निर्णय संगै हेडक्वाटर बिघटन गरिएको हो ।

आइतबार बसेको पार्टीको हेडक्वार्टरको बैठकले उक्त निकाय विघटन गर्ने निर्णय गरेको हो।

हेडक्वार्टर ३५ सदस्यीय रहेको थियो। बैठकले पार्टीको कार्यकारी निकाय केन्द्रीय सचिवालयलाई बनाउने निर्णय गरेको छ।

९९ सदस्यीय केन्द्रीय समीती बनाउने निर्णय अनुसार हेडक्वाटर बिघटन गरिएको बताइएको छ । ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाउने निर्णय गरेको पनि पताइएको छ ।

नेकपा माअोवादी केन्द्रमा चार हजारभन्दा बढी सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ।