गुन्डागर्दी नियन्त्रण गर्न एआईजीलाई गृहमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

गुन्डागर्दी नियन्त्रण गर्न एआईजीलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं, १० भदौ ।
गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । आजको अनपूर्ण पोस्टमा खबर छ ।
एआईजीहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समयसम्म ठाउँ ओगटेर बसेका अधिकृत र घुमुवा प्रहरीलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

कडा कारबाही
‘गुन्डागर्दी नियन्त्रण गर्नुस् । तपाईंहरू आफू पनि आर्थिक अनुशासन कायम गरेर बस्नुस्’, गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै गैरव्यावसायिक क्रियाकलाप गरेको प्रमाण पाएँ भने कडा कारबाही गर्छु ।’ गृहमन्त्री शर्माले मंसिर १० गतेको केन्द्र र प्रदेश सभाको चुनाव सकिएपछि प्रदेशमा महानिरीक्षक (आईजीपी) खटाइने बताएका थिए । गाउँपालिकामा इन्स्पेक्टर, नगरपालिकामा डीएसपी, उपमहानगरमा एसपी र महानगरमा एसएसपीको दरबन्दी राख्ने जानकारी पनि उनले त्यहाँ दिएका थिए ।

मन्त्री शर्माले एआईजीलाई निर्देशन दिएपछि प्रदेशमा प्रहरी खटाइएको बारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।