पदका लागि मरिहत्ते गर्ने नेताका कारण केन्द्र कमजोर भयो: प्रचण्ड - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पदका लागि मरिहत्ते गर्ने नेताका कारण केन्द्र कमजोर भयो: प्रचण्ड



 

भदौ ८, काठमाडौँ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते गर्ने नेताहरूले गर्दा माओवादी केन्द्र कमजोर भएको बताएका छन् ।

पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते गर्ने नेताहरू देखिँदा मूल्य, मान्यता र आदर्श विचलित भएको पनि उनले बताए । अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधवार राजधानीमा उद्घाटन गर्दै उनले नेताहरूको जीवन, व्यवहार, कार्यशैली बदलिएर व्यक्तिगत लाभ लिन दौडने प्रवृत्तिले आन्दोलन कमजोर भएको बताए।

‘हामी पहिले विचारमा केन्द्रित भएर छलफल गथ्र्यौं, विचारलाई कसरी तिखो बनाउने भन्नेमा केन्द्रित हुन्थ्यौं’, उनले भने, ‘तर अहिले विचार र दस्ताबेज पारित गर्ने औपचारिकता मात्रै पूरा गर्न थालेका छौँ । नेतृत्वमा कसलाई ल्याउने भन्नेतिर बढी ध्यान दिन थालेका छौँ।’
उनले विद्यार्थी सङ्गठनको नेतृत्वका लागि सकभर सहमति, नभए चुनावी प्रतिस्पर्धाकै विधि अवलम्बन गर्न निर्देशन दिए । क्रान्तिकारीको नेतृत्वका लागि अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत आकांक्षी देखिएका छन्।