नेपाल पत्रकार महासंघ युएईद्वारा नेपाली संघ–सस्थाहरूबीच अन्तरक्रिया सम्पन्न - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपाल पत्रकार महासंघ युएईद्वारा नेपाली संघ–सस्थाहरूबीच अन्तरक्रिया सम्पन्न



दामोदर दाहाल/साउन ७ ,

नेपाल पत्रकार महासँघ युएईले आज युएइमा क्रियाशील रहेका सबै संघसस्था प्रमुख तथा प्रतिनिधि बीच  “युएईमा नेपाली संघ सस्थाहरूको भूमिका र सहकार्य” बिसयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समयमा युएई सरकारले बिना दर्ता कुनै पनि सामाजिक संघ–सस्था संचालन गर्न नपाईने न्युज मार्फत बजारमा चर्चा रहेको र आगामी दिनहरुमा यहाँ रहेका क्रियाशील ८०-१०० को हाराहारीमा रहेका संघसंस्थाले के कसरी सामाजिक कार्यकम एकजुट भएर गर्न सकिन्छ अथवा भै-परी आउने समस्याहरुको निराकरणका लागी के कस्ता पहल गर्न सकिन्छ भन्ने बिसयमै केन्द्रित रहेर उक्त कार्यकम आयोजन गरिएको थियो।

पहिलो चरणमा मुख्य सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई ३ -३ मिनेट बिषयमा केन्द्रित हुदै आफ्नो धाराणा राख्न दिइएको थियो भने अतिथिहरुले यहाका नेपालीहरु बीच रहेका समस्या र त्यसको समाधानमा बडी जोड दिदै आफ्नो-आफ्नो संस्थाको तर्फबाट जिज्ञासा, प्रस्न तथा  सुझाब राखेका थिए।

अन्तरक्रियाको क्रममा केहि सस्था प्रमुखहरुले युएईमा पत्रकारहरुले खेलेका सकारात्मक तथा नकारात्मक भुमिकाहरुको टिप्पणी गरेका थिए कसैको सोसियल पेजको वालबाट समाचार लिएर बनाउने भन्दा पनि वास्तविक घटनाको आधारमा समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई बिशेष आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको दोस्रो चरणको खुल्ला छलफलको  प्रश्नोतरमा बोल्दै अधिकांश व्यक्तिहरुले समाजसेवाको लागि खोलिएका संघ संस्थाका प्रतिनिधिहरुले अबैधानिक कार्यहरु जस्तै हुण्डी, भिजिट भिषाको कारोवार र मानब तस्करीमा संलग्न हुने कार्यहरु गर्ने गरेको र त्यस्ता व्यक्तिहरुलाई पहिचान गरि समाजको नेतृत्वमा राख्न नहुने र सामाजिक रुपमै वहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।

युएईमा रहेका आम नेपालीका समस्यालाई सबै संघसंस्थाले एकिबद्दता गर्दै सहयोग गर्नु पर्ने तथा सोसियल पेजमा व्यक्ति- ब्यक्ति संग भन्दा पनि सस्थागत रुपमा सहयोग गर्नु पर्नेमा जोड दिएका छन र त्यस्ता सहयोगको लागी सबै संघ सस्था दर्ता गर्न पनि आबस्यक नरहेको उपस्थित रहका केहि बक्ताहरुले धारणा राखेका थिए।

पत्रकार महासघं युएईका अध्यक्ष भुपराज बस्यालले उठेका प्रस्नहरुको जबाफ दिने क्रममा  पत्रकार महासँघ युएईको आजको अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य “युएईमा रहेका सबै नेपाली संघसंस्थाहरुको सहकार्य अझ बलियो बनाउन र एकाताबद्ध भएर आगामी दिनमा अगाडी लैजान पहल गर्न खोजेको भन्दै युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरुले आगामी दिनमा सहकार्य र सबै संघ-सस्था संग भातृत्वको भाबना राख्दै समाजिक सद्भावलाई सन्तुलित राख्नु पर्नेमा जोड दिदै पत्रकारहरुले निष्पक्ष नै रहेर कलम चलाउने र सामाजिक सद्भाब अझ बढाउने बताए।