बहराईनमा खोजी नेपाली प्रतिभाको - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

बहराईनमा खोजी नेपाली प्रतिभाको



हिमाल पोस्ट /बहराईन ८ असार 

बहराईनमा खोजी  नेपाली प्रतिभाको भन्दै अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखाले बहराइन नेपाली तारा सिजन – २ (I.A.F. Singing Idol Season -2 Acoustic Idol) रियालीटी-शोको आयोजना गर्ने भएको छ । स्थापना कालमा नै पहिलो नेपाली तारा बहराइन सम्पन्न गरेको कलाकार मंचले उक्त रियालीटी-शोलाई निरन्तरता दिदै बहराइन नेपाली तारा सिजन – २ को आयोजना गरेको मंचका महासचिव अरुण क्षेत्रीले बताउनु भयो।

“पहिलो पटक हामीले आयोजना गर्दा हामी बिलकुलै नयाँ थियौ , हामीमा परिपक्वता पनि थिएन त्यसैले पनि सोचे जस्तो उत्कृष्ट बनाउन सकेका थिएनौ तर यो पटक भने सकेसम्म लामो गृहकार्य गरेर सिजन – २ आयोजना गर्न लागेका छौँ । यसपटक भने हामी पक्कै पनि उत्कृष्ट बनाउन सक्दो प्रयास गर्नेछौं । ” उहाँले थप्नु भयो देशमा लुकेका नेपाली प्रतिभाहरुको खोजी गरि उनिहरुमा भएको कलालाइ उचित सम्मान र सहि ठाउँ दिलाउनको निम्ति सदैब काम गर्ने कलाकार मंच बहराइनले यसपटक उक्त प्रतियोगीता उत्कृष्ट हुने कलाकारहरुलाइ राष्ट्रिय स्तर कै चिनारी दिने प्रयास गरिरहेको छ ।

उक्त प्रतियोगिता लाई राष्ट्रिय स्तरका चलचित्र निर्माता, गायक, सङ्गीतकारहरुले पनि सघाउने भएका छन । त्यसै क्रममा वरिष्ठ सङ्गीतकार एवम गायक चेतन सापकोटाले उक्त प्रतियोगितामा टप १० बाट उत्कृष्ट हुनेहरु मध्ये १ जनालाई आफ्नो सङ्गीतमा गीत रेकर्ड गर्ने मौका समेत दिने पनि वचन दिनु भएको छ । युरोपका ख्यातिप्राप्त गायक तुलसी शिवाकोटी र चेतन सापकोटाको संयुक्त पहलमा उहाँले यस्तो घोषणा गर्नु भएको हो ।

यसैविच “आइ ए एफ सिङ्गिङ आइडल सिजन – २” को पहिलो अडिशन मुश्लिम धर्मावलम्बीहरुको महान चाड “इद अल फितर”को तेस्रो दिन २७ जुन २०१७ मङ्गलबार मानमा स्थित शितल नेपाली रेस्टुरेन्टको सभाहलमा हुने पनि आयोजकले जानकारी दिंदै सम्पुर्ण प्रतिभावान कलाकारहरुलाइ उक्त अवसरमा सहभागी भएर आफ्नो लुकेको प्रतिभालाई उजागर गर्न पनि आयोजकले अनुरोध गरेको छ ।